no comments

पोखरामा होम क्वारेन्टिनमा बसेका, प्रहरी, बैंक र मालपोतका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

पोखरा, ६ भदौ / पोखरामा शनिबार दिऊसो सम्म १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । १६ जना संक्रमित मध्ये ३ जना प्रहरी, १ जना बैंकका, १ जना मालपोतका कर्मचारी र ३ जना होम क्वारेन्टिनमा बसेका देखिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत हरीलाल आर्चायले जानकारी दिए ।

एक जना सर्वसाधारण हुन् भने होमआइसोलेनका ३ जना र अन्य ७ जना कन्ट्याक ट्रेसिङबाट आएका व्यक्तिहरु हुन् । संक्रमित ३ प्रहरी गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा कार्यरत छन् । बिहीबार उक्त गणका १६ जनामा कोरोना पुष्टि भएको थियो ।

बैंकका संक्रमित बैंक अफ काठमाडौं खैरेनीटारकी कर्मचारी हुन् भने अर्को एक जना गरिमा विकास बैंकका कर्मचारीका अफ्न्त हुन् । संक्रमितसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ शुरु गरेको अधिकृत आर्चायले बताए । उनीहरु सगँ सम्र्पकमा आएका सबैलाई होमक्वारेन्टिनमा बस्न समेत उनले अनुरोध गरे । अहिले सम्म पोखरामा २ सय ५९ जनालाई कोरोना संक्रमण देखिएको छ ।

पोखरा महानगरपालिकामा शनिबार वडा नम्बर ९ का ६ बर्षिय बालिका र १ जना महिला र १ पुरुष, वडा नम्बर ४ का ३ जना पुरुष, ५ का १ पुरुष, ६ का २ पुरुष, ८ का ३ महिला र एक १६ बर्षिय बालक, वडा नम्बर १६ का १ पुरुष, २७ मा १ जना पुरुष र ३० मा १ महिलामा देखिएको शर्माले जानकारी दिए ।

त्यसै गरी गण्डकी प्रदेशको बागलुङका १ जना पुरुष, तनहुँ भिमादका १ जना पुरुष, आबुँखैरेनीका १ जनामा पुरुषमा, स्याङजाको वालिङ, फेदीखोलाका १/१ जना पुरुषमा, नवलपुरको देवचुलीका २ जना पुरुष, कावासोतीका १ जना पुरुषमा शनिबार बिहान कोरोना पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ५ सय ९२ जना निको भएर घर फर्किएका छन् । अहिले सम्म ७ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका ९ जिल्लाका अस्पतालका आइसोलेसनमा २ सय ६९ जना रहेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese