no comments

पोखरामा २ सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

पोखरा, २६ साउन / गण्डकी प्रदेशको राजधानी पोखरामा दुई जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण देखीएको छ । यो सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २० पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा ५ सय ६३ जनाको परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । कास्की, नवलपुर र तनहुँका २/२ जना, पर्वत, स्याङजाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ का एकजना पुरुष र वडा नम्बर २६ कि एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसै गरी नवलपुरको गौडाकोट वडा नम्बर २ का एक पुरुष एक महिला, तनहुँ भानु र बन्दीपुरका एक एक जना पुरुष, पर्वत मोदीका एक पुरुष र स्याङजा गल्यांगका एक महिलामा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको उनले बताए । गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ७० पुगेको छ भने पाँच जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese