no comments

पोखरामा १९ जना सहित गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना, नर्स, प्रहरी र अस्पतालका विरामी

पोखरा, २५ भदौ / गण्डकी प्रदेशमा बिहीबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्कीका १९ जना, स्याङजाका १२, बागलुङका ९ जना, तनहुँका ३ जना, नवलपुरका ५ जना र पर्वतका १ जना गरि ४९ जनामा कोरोना पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिकामा ९ बर्षीय बालक १ जना, ९ जना पुरुष र ९ जनामा महिलामा कोरोना देखिएको स्वास्थय निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी बागलुङको जैमिनीका १ महिला, बरेङका ५ जना पुरुष र २ जना महिला, गल्कोटका १ जना पुरुष, तनहुँको भिमादका ३ पुरुष, स्याङजा पुतलीबजारका ७ पुरुष र ५ महिला, नवलपुरको कावासोतीका २ बर्षीय बालक १ जना, २ जना महिला, देवचुलीका ४ बर्षीय बालक र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए ।

कास्की जिल्ला, पोखरा महानगरपालिका १५ का २३ बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुने भने पोखरा महानगरपालिका ३२ का ५० बर्षीय पुरुष अस्पतालमा उपचाररत विरामी हुन् । पोखरा महानगरपालिका १९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत छन् ।

बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत बिरामी हुन् । अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा रहेका र संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको हो ।

यो सगँ गण्डकीमा २ हजार ७ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ८ सय ६ जनामा निको भएर घरफर्किएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese