no comments

पोखराको प्रस्याङमा नगरबस ठोकियो

पोखरा, २६ साउन / पोखराको प्रस्याङमा आइतबार राति बस दुर्घटना भएको छ । पोखरा नगरबस समितिको ग१ख ६७८२ बस सडकको बिचमा रहेको डिभाइडरमा ठोकिएको हो ।

राति दुर्घटना भएका कारण बसमा यात्रु भने थिएनन् । बसमा भएका चालक र सहचालक सामान्य घाइते भएको छन् । डिभाइडरमा ठोकिएपछि बसको अगाडी सिसा फुटेको छ भने बसको आगडीको भाग कुचिएको छ ।

बागलुङ बसपार्कबाट जिरो किलोमिटर तर्फ आउदै गरेको बस पुल भन्दा केही तल डिभाइडरमा ठोकिएको हो । केही दिन अगाडी मात्रै बनेको डिभाइडरमा ट्राफिक सकेत नहुदाँ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

पुल दुई लेनको र सडक चार लेनको हुदाँ यो सडक खण्डमा दुर्घटना हुने गरेको प्रहरीको भनाई । जिरोकिलोमिटर, प्रस्याङ लगाएतका ठाउँमा लकडाउन पहिले डिभाडरमा ठोकिएर दुर्घटनामा भएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese