पोखरामा वायु प्रदूषणमा क्रमिक सुधार
पोखरा, १७ चैत/ पोखरामा शुक्रबार देखि वायु प्रदूषणमा केही सुधार आएको छ । धुँवा र धुलोका कणले भिजिविलिटी कम हुदाँ घामले जमिन विस्तार देख्न थालेको छ ।
पोखरामा सोमबार बिहान र साझँ पानी परेका पछि पोखराको मौषमा सामान्य सुधार आएको हो ।
पोखराको मुख्यबजारको मापन देखाउने वायु प्रदुषण मापन उपकरणले पोखरा रत्नचोकको जल तथा मौसम विज्ञान कार्यालयको आइतबार वायु गुणस्तर सुचकांक ९४ मा झरेको छ ।
लेखनाथस्थित विश्वविद्यालयमा १६० र लामाचौरको गण्डकी बोर्डिङको मापनमा १७९ वायु गुणस्तर सुचकांक देखिएको छ ।
जल तथा मौसम विज्ञान कार्यालयले पोखराका तीन ठाउँमा वायु प्रदुषण मापन उपकरण मापन गर्दै आएको छ ।
स्थान | आइतबार | सोमबार | मंगलबार |
रत्नचोक जल तथा मौसम विज्ञान कार्यालय | १६० | १४६ | ९४ |
विश्वविद्यालय लेखनाथ | २७५ | २१९ | १६० |
गण्डकी बोर्डिङ लामाचौर | २२४ | १९८ | १७९ |
वायु प्रदुषण मापन उपकरण देखाउनले एयर क्वालीटि इन्डेक्स ० देखी ५० सम्म हुनुलाई राम्रो मानिन्छ ।
५१ देखी १०० सम्मलाई सामान्य, १०१ देखी १५० सम्मलाई अस्वस्थ संवेदनशील समुहमा, १५१ देखी २०० सम्मलाई अस्वस्थ, २०१ देखी ३०० सम्म धेरै अस्वस्थ, ३०१ देखी ४०० सम्म खतरनाक र ४०१ देखी ५०० सम्म एयर क्वालीटि इन्डेक्स देखीमा धेरै खतरनाक हुने सरकाले तोकेको मापदण्डमा उल्लेख छ ।
जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालले पोखराको वायु गुणस्तर सुचंकाक (आक्वा) स्वास्थ्यका दृष्टिले हानीकारक रहेको बताए । उनले पोखरामा बाक्लो तुवालोले ढाकेको बताए ।