no comments

वातावरण मैत्री नीति तथा योजना बनाउन सुनासको आग्रह

पोखरा, २९ मंसिर / टी.आई नेपाल आवद्ध संस्था सुशासनका लागिनागरिक समाज (सुनास) कास्कीले पोखरा महानगरपालिकालाई सुशासन र वातावरण मैत्रीनीति, योजना तथा कार्यक्रम बनाउन आग्रह गरेको छ ।

संस्थाको तर्फवाट आईतवार पोखरामा गरिएको वैठक मार्फत संस्थाले पोखरा महानगरले अहिले सम्म वातावरणको विषयलाई प्राथमिकता दिन नसकेकोमा चिन्ता राखिएको थियो ।

महानगरका प्रमुखमानवहादुर जिसी तथा प्रमुख प्रशासकिय अधिकृत महेश बराल तथा पोखरा महानगर शहरी विकास योजना आयोगका उपाध्यक्ष डा.आरसी लामीछाने सहितको टोलीसंग वसेको वैठकमा यथासक्य छिटो भुउपयोग नीति तथा जलवायु अनुकुलन नीति वनाउन आग्रह गरिएको थियो ।

टी.आई नेपालका पुर्वउपाध्यक्ष आनन्दराज मुल्मीले प्राकृतिक स्रोत र साधनको उच्चतम सदुपयोग र संरक्षण गर्ने ठोस नीति छिटो ल्याउनुपर्ने सुझाव दिनुभयो । पोखरा पर्यटकीय केन्द्र भएपनि पछिल्लो समय वातावरण प्रदुषणको अवस्था डरलाग्दो भएको कारण महानगर चनाखो वन्नपर्ने मुल्मीले वताउनुभयो ।

वन तथा नदी दोहन अत्यधिक वढेको भन्दै मुल्मीले नीतिमात्रै वनाउने नभई कार्यान्वयन तहमा पनि खरो उत्रन महानगरलाई आग्रह गर्नुभयो । उहाँले महानगरलाई वातावरण महाशाखालाई थप दक्ष जनशक्ती सहित प्राथमिकतामा राखी जलवायु अनुकुलनका कार्यक्रम कार्यान्वयन गर्नुपर्ने वताउनुभयो ।

डिभिजन वनकार्यालय पोखराका प्रमुख केदार वरालले महानगरले वातावरण तथा जलवायुको पक्षलाई कम ध्यानदिएको वताउनुभयो । उहाँले महानगरले विकास निर्माणको प्राथमिकता तोकेर कामगर्नु पर्नेमा जोड दिनुभयो ।

सुनासका पुर्वअध्यक्ष पुन्य पौडेलले महानगरले नीतिमात्रै बनाउने होईन लाभ ग्राहीको हितमा हुने गरि कामगर्न महानगरलाई अनुरोध गर्नुभयो ।

सुनासका अध्यक्ष रवीन्द्र वास्तोलाले सुनासले महानगरको वातावरणमैत्री योजना, नीति र कार्यक्रम कार्यान्वयनको पक्षमा सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्तगर्नुभएको थियो । विकास निर्माणको कामगर्दा वातावरणीय पक्षलाई विषेश जोड दिएर काम गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा महागरका मेयर मानवहादुर जिसीले महानगर वातावरणीय पक्षको विषयमा संवेदनशील रहेको वताउनुभयो । उहाँले अहिले सम्म ध्यान नदिएको सत्य नै हो, अव महानगरले जलवायु र वातावरणको क्षेत्रलाई विषेश जोड दिने प्रतिवद्धता राख्नुभयो ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत महेश वराल, पोखरा महानगर शहरी विकास योजना आयोगका उपाध्यक्ष डा.आरसी लामीछाने, पोखरा ६ का वडाध्यक्ष जगत पहारी, ११ का अध्यक्ष मोहन वास्तोला, २० का अध्यक्ष सिम गुरुङ्ग, कृषि महाशाखा प्रमुख मनहर कडरिया, एक्यापका ऋषि वराल, टी.आई नेपालका कार्यक्रम अधिकृत भानु पराजुली लगायतले महानगरको जलवायु परिवर्तन जोखिम तथा वातावरण संरक्षणको विषयमा महानगरले काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

सुनास कास्कीले जलवायु परिवर्तन र सुशासन सम्वन्धी पोखरा महानगरपालिकाका विभिन्न स्थानमा अध्ययन अनुसन्धान गरेको थियो । भदौदेखि यही मंसिर १५ गते सम्म पोखरा १८, खपौदी, पोखरा २३ पन्चासे, २२ पुम्दीतथापोखरा २६ ताल क्षेत्रमा सार्वजनिक सुनुवाई, गुनासो संकलन तथा स्थलगत अवलोकन गरेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese