no comments

पोखरा विमानस्थलका लागि रिठ्ठेपानी डाँडा र रुख कटाने निर्णय

पोखरा, ८ चैत/ पोखरा विमानस्थलमा अवतरण गर्ने जहाजहरुको सुरक्षाका लागि धावनमार्गको पूर्वपट्टी रहेको पोखरा २६ लेखनाथमा रहेको रिठ्ठेपानी डाँडाको कटान निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा क्षेत्रीय विमानस्थलको रनवे स्ट्रिपको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडाका रुख तथा पोल कटान गर्न अनुमति दिने निर्णय गरेको हो ।

सरकारको प्रवक्ता पार्वत गुरुङले आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दैसरकारको २० फागुनको बैठकले निर्णय गरेको जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो डाँडामा १ सयदेखि डेढ सय रुख काट्र डाडाँ कटान गर्नु पर्ने हुन्छ ।

TechSansar.com - Technology Navigator website for Nepalese