no comments

नेपाल जूलोजिकल सोसाइटी गण्डकी प्रदेश समितिको अध्यक्षमा ढकाल

पोखरा, २५ बैशाख/ जूलोजिकल सोसाइटी गण्डकी प्रदेश समितिको अध्यक्षमा हेमन्त ढकाल चयन भएका छन् ।

समितिको उपाध्यक्ष डा. देव प्रसाद पाण्डे, महासचिव ऋषि बराल, सचिव सुनिल पौडेल, कोषाध्यक्ष निर्मला जिसी र कार्यसमिति सदस्यहरुमा प्रेमराज गौतम, डा. कृष्ण पोखरेल, दीपा पुन, बिनोद कुवर, सुष्मा कोइराला र डम्बरसिंह खत्री रहेका छन् ।

प्रदेशभित्र छरिएर रहेका जिवशास्त्रीहरु बिच अनुसन्धान तथा प्रस्तुतिहरुमा आवश्यक सहयोग तथा अनुभव आदानप्रदान गर्ने, नयाँ प्रबिधिहरु अंगिकार गर्ने, राज्य तथा प्रदेशलाई आबस्यक परेको खण्डमा सहयोग गर्ने उद्देश्यले संस्था गठन गरेको अध्यक्ष ढकालले बताए ।

नेपाल जूलोजिकल सोसाइटीले आयोजना गरेको कार्यक्रमको अध्यक्षता केन्द्रिय अध्यक्ष डा. महेन्द्र महर्जनले जुमबाट कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रम संचालन केन्द्रिय महासचिव डा. हरि प्रसाद शर्मा, राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगका सदस्य डा.जुद्ध गुरुङ, पृथ्वीनारायण क्याम्पसका जिवशास्त्र बिभाग प्रमुख डा. धर्मेन्द्र कर्ण, पृथ्वीनारायण क्याम्पसका पुर्व जिवशास्त्र बिभाग प्रमुख राम गोपाल ढेवाजु, केन्द्रिय जिवशास्त्र बिभागका बिज्ञहरु डा. बिष्णु भट्टराई, जनक राज सुवेदी लगायत शुभकामना दिएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese