no comments

नयाँ नक्सामा पोखरा २३ को सिमा मिचिएको पोखरा २३ को आपत्ति

पोखरा, ९ असोज / पोखरा महानगरपालिका २३ उच्चस्तरीय पुर्वाधार तथा विकास निर्माण अनुगमन संयन्त्रले पोखरा २३ सिमा मिचेर नक्सा प्रकाशन गरेमा आपत्ति जनाएको छ ।

शुक्रबार वडाध्यक्ष विष्णुप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले पोखरा २३ को सिमा मिचेर वडा नम्बर २४ मा समाबेश गरेकोमा आपत्ति जनाएको हो । २०३२ सालको नापी अनुसार साविक चापाकोट ९ को सिद्द वराह मावि तथा माझथुम थुम्की सहितको भाग पोखरा २४ मा समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिएकोमा आपत्ति जनाएको छ ।

बैठकले सम्वन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गरि तत्कालै वडाको साविक नक्सा कायम गर्ने माग गरेको छ ।बैठकले. दशैं तिहार चाडपर्वलाई केन्द्रित गरी वर्षाले बिग्रेका सडक तत्कालै प्राविधिक मूल्याँकन गरि महानगरको सहकार्यमा काम गर्ने निर्णय गरेको उच्चस्तरीय पुर्वाधार तथा विकास निर्माण अनुगमन संयन्त पोखरा २३ का प्रवक्ता भानु पराजुलीले जानकारी दिए ।

त्यसै गरी खहरेखोला पुल मंसिर मसान्तभित्र निर्माण सक्ने गरि पुल निर्माण कार्य अगाडी बढाउन सम्वन्धित निर्माण व्यवसायीलाई ताकेता गर्ने र अर्को सातादेखि निर्माण सुरू गराउन पहल गराउने निर्णय गरेको उनले बताए ।

त्यसै गरी पोखरा २३ मा रहेका खोलाको खोलाघर पहिचाहनका लागि नापीबाट नक्सा झिकाई काम थाल्ने, वडामा संघ तथा प्रदेश मार्फत परेका अन्य ठुला आयोजनाको समयमै टेन्डर प्रक्रिया थाली बर्षा अगावै निर्माण गर्न सम्वन्धित निकायलाई अनुरोध निर्णय गरेको उनले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese