no comments

भलाम ¥यालेचौरको क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ५ भदौ / विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको क्वारेन्टिनलाई सोही क्वारेन्टिनबाट विदाई भएका तीनजना युवाहरुले नगद सहयोग गरेका छन ।

पोखरा–२०, भलाम नाजिम घर भइ भारतबाट आएका खिम बहादुर घर्ती, दुबई बाट आएका पोखरा–२०, भलामका सन्तोष नेपाली र पोखरा–२० मोहोरियाका गोपी गुरुङले ¥यालेचौर वेसीमा रहेको क्वारेन्टिनमा बसेर विदाई हुदै गर्दा आर्थिक सहयोग गरेका हुन ।

क्वारेन्टिनमा बसेको ९ दिन पछाडि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टिन होमले विदाइ गर्दै गर्दा उनीहरुले क्वारेन्टिनमा घरको भन्दा पनि राम्रो सेवा सुविधा प्रदान गरेको भन्दै नगद सहयोग गरेका हुन ।

क्वारेन्टिनमा सहयोग पुगोस भनेर गोपी गुरुङले रु. ५ हजार ५ सय ५५, सन्तोष नेपालीले ५ हजार र खिम बहादुर घर्तीले नगद ३ हजार २ सय सहयोग गरेका हुन । सहयोग रकम प्रदान गर्दै गोपी गुरुङ र खिम बहादुर घर्तीले आफुहरुजस्तै ब्याक्तिहरुको धेरै थोरै सहयोगबाट क्वारेन्टिन होम निर्माण र ब्यवस्थापन गरिएको हुदा आफुहरु उक्त कार्यबाट प्रभावित भइ स्वस्फुर्त रुपमा क्वारेन्टिनलाई सहयोग गरेको वताए ।

९ दिन सम्म क्वारेन्टिनमा बस्दा प्राप्त सेवा सुविधा तथा इन्टरनेटले गर्दा आँफुहरुले कहिलेपनि एक्लोपनको महसुस नभएको वताउदै सवै मिलेर कोरोनाको सामना गर्नुपर्ने समेत उनीहरुले वताए ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष तथा ¥यालेचौर वेसी क्वारेन्टिन होम मुल ब्यवस्थापन समितिका संयोजक सिम गुरुङले क्वारेन्टिनबाट घर फर्किदै गर्दा क्वारेन्टिनलाई स्वस्फुर्त रुपमा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै क्वारेन्टिनबाट घर फर्केपनि थप ७ दिन सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न आग्रह गरे ।

क्वारेन्टिन निर्माण र ब्यवस्थापनका लागि विभिन्न ब्याक्तिहरुको साथ र सहयोग रहेको र हालै निर्माण सम्पन्न क्वारेन्टिन भवनमा ८ वटा कोठामा एकै पटक २४ जना रहन सक्ने क्षमता रहेको समेत अध्यक्ष गुरुङले वताए ।

क्वारेन्टिनमा हाइजेनिक खाना, विदेशबाट ल्याएका सामानहरु राख्ने छुट्टै स्टोर रुम, छुट्टा छुट्टै शौचालय, क्वारेन्टिनमा बस्नेहरुको लागि तातो तथा चिसो स्वस्थ पिउने पानिको व्यवस्था, वाथरुमको व्यवस्था र इन्टरनेटको समेत सुविधा रहेको छ । त्यसैगरी क्वारेन्टिन ब्यवस्थापनका लागी दुई जना सुरक्षाकर्मी, एकजना स्वास्थ्यकर्मी र एकजना क्वारेन्टिन सहयोगी समेत रहेका छन ।

पोखरा महानगरपालिका वडा नम्बर २० ले विदेशबाट घर आउनेहरुलाई लक्षित गरी भलाम ¥यालेचौरमा रहेको महेन्द्र मा.वि. को पुरानो भवनमा क्वारेन्टिन निर्माण गरेको हो । दीर्घकालिन सोचका साथ लामो समयदेखि बन्द रहेको महेन्द्र मा.वि. को पुरानो भवनमा निर्माण गरिएको क्वारेन्टिनमा कोरोनाको कहर अन्त्य पछी बहुउद्धेश्यि ढंगले भवनलाइ प्रयोगमा ल्याउन सकिने अध्यक्ष गुरुङले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese