no comments

पोखरामा प्रधानमन्त्रि केपी ओलीको समर्थनमा प्रदर्शन

पोखरा, ६ पुष / प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको कदमको स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टीको युवा र विद्यार्थी संगठनको एक समूहले पोखरामा प्रदर्शन गरेको छन् ।

उनीहरुले प्रदर्शनमा प्रचण्ड माधव विरोधमा नारा लगाएका थिए । कोषसभामा गलत मान्छेको हातमा देश सुम्पिँदा देशै डुब्ने भएकाले देश जोगाउन प्रधानमन्त्रिले कदम चाल्नु परेको बताएका थिए ।

कार्यक्रममा अनेरास्ववियु कास्की अध्यक्ष विवेक देवकोटा, युवा संघका नेता माधव बास्तोलाले सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बीचको गठबन्धनलाई आपराधिकको संज्ञा दिए ।

प्रदर्शनमा युवा संघका पूर्वअध्यक्ष तथा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरका ईन्चार्ज दीपक पौडेल, राखेप सदस्य राजेश गुरुङ लगायत पनि सहभागी थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese