no comments

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल र डिजेल अहिले सम्म कै महंगो

पोखरा, १९ फागुन/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मूल्य बढाएको दुई हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५० रुपैयाँ तय गरेको छ । डिजेल÷मट्टीतेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि मूल्य नबढाइएको निगमले जनाएको छ । हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese