no comments

पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा अर्जुन पोखरेल, महासचिबमा बिजुक्छे विजयी

पोखरा, २६ पुष / पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल बिजयी भएका छन् ।

उनले सुवेदी प्यानलबाट वर्तमान कार्यकारिणी सदस्य सोवित पौडेल उमेदवारलाई हराउदै विजयी भएका हुन् ।

संघको महासचिवमा कोईराला प्यानलबाट वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे बिजयी भएका छन् । उनले सुवेदी प्यानलबाट धनीराम बराललाई हराए ।

त्यसै गरी कोषाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान सदस्य बलराम आचार्य विजयी भएका छन् । उनले सुवेदी प्यानलबाट वर्तमान सदस्य तारानाथ ढुंगाना हराए ।

उपमहासचिब पदमा नारायण कोइराला प्यानलका केशबबहादुर खत्री विजयी भएका छन् । उनले विन्दु सुवेदी प्यानलका गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौलालाई हराएका हुन् ।

खत्री विजयी भएको निवार्चन समितिले औपचारीक घोषणा गर्न भने बाकी छ । संघको ३३ औ महाधिबेशनमा २ हजार ३ सय ६५ मत खसेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese