no comments

एक महिना देखी बेपत्ता गिरी मृत फेला

पोखरा, १९ साउन / स्याङ्जाबाट पोखरातर्फ आउदै गरेका एक युवक बेपत्ता भएको १ महिनापछि मृत फेला परेका छन् ।

स्याङ्जाको चापाकोट–५, सेखाम घर भई हाल पोखरा–५, पस्र्याङ बस्ने १९ वर्षीय पंकज गिरी सोमबार मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार पोखरा–सुनौली सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भालुपहाडमा राजमार्ग भन्दा ४ सय मिटर तल झ्याङमा अडिएको अवस्थामा शव फेला परेको हो ।

गत असार १८ मा स्याङ्जा बाडखोलाबाट ना ४० प ३७२० नम्बरको बुलेट बाइक चढेर पोखरा आएका गिरी सम्र्पकमा नआउँदा घटना रहस्यमय बन्दै गएको थियो । प्रहरी, परिवार तथा आफन्तले उनको खोली गरेका छन् ।

उनी बेपत्ताको ठिक १ महिनापछि साउन १८ मा भालुपहाड तल सेतीखोला खोंचमा माछा मार्ने मानिसहरुले दुर्घटनाग्रस्त एक मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सो बाइकको हुलिया प्रहरी र परिवारका सदस्यको सहयोगमा गिरी नै चढेको प्रस्ट भएको थियो । मोटरसाइकल फेला परेको स्थानभन्दा करिब ३० मिटरमाथि पहाडको झ्याङमा कपडा सहित उनको कंकाल भेटाएको हो ।

आफन्तले शव पहिचान गरेपछि सव परिवारको जिम्मा लगाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese