no comments

पोखरामा टाटा मोटर्सका ‘नयाँ फरएभर रेञ्ज’ का पाँच गाडी बिक्री शुरु

पोखरा, २८ फागुन /सिप्रदी ट्रेडिङ प्रालिको पोखराका लागि आधिकारिक बिक्रेता दीप मोर्टस प्रालिले टाटा कम्पनीका ‘फरएभर रेञ्ज’ अन्तर्गत पाँच वडा नयाँ गाडीहरुको शुक्रबार देखी पोखरामा बिक्री शुरु गरेको छ ।

सिप्रदीका जनरल म्यानेजर प्रभाकर मुनाकर्मी, दीप मोटर्सका प्रवन्ध निर्देशक तेजराज बास्तोला र निर्देशक राजेन्द्र बाटाजुले संयुक्त रुपमा गाडीको लञ्जिङ गरे ।

कम्पनीले पोखरामा एकै साथ टियोगो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ–बि एस सिक्स प्रविधिले सम्पन्न गाडीहरुको बिक्री शुरु गरेको हो ।

टाटाको इम्प्याक्ट दुई डिजाइन ल्याङ्ग्वेज अनुसार तयार पारिएकाले पाँच वटै रेञ्जका गाडीहरुको बनावट सुन्दर रहेको कम्पनीले जनाएको छ ।

बदलिदो समयको माग अनुसार पुुनः डिजाइन गरिएकाले कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणबाट अरु भन्दा अग्रस्थानमा रहेको दीप मोटर्सका प्रवन्ध निर्देशक तेजराज बास्तोलाले जानकारी दिए ।

पाँच वटै मोडल शक्तिशाली विएस सिक्स इन्जिन,इम्प्याक्ट दुई अन्तर्गत आकर्षक डिजाइन, विश्वसनिय र लोकप्रिय मोडलमा रहेको कम्पनीले जनाएको छ ।

दीप मोटर्सका निर्देशक राजेन्द्र बाटाजुले टाटाका गाडीहरु नेपालको बाटो र बजेट सुहाउँदो रहेकाले गण्डकी प्रदेशमा रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।

टाटा नेक्सनले हालैमात्र ग्लोबल सेफ्टि रेटिङमा फाइभ स्टार प्राप्त गर्न सफल भएको तथा ह्याचब्याक सेगमेटमा टाटा अल्ट्रोजलेपनि फाइभ स्टार प्राप्त गरेको राजेन्द्र सिग्देलले जानकारी दिए ।

नयाँ एच फाइभ दुई हजार इन्जिन क्षमता रहेको छ भने अन्य चार वटै मोडल एक हजार २०० सिसीको छन् । नयाँ लञ्चिङ शुरु भएका मोडलको शुरुआती बिक्री मुल्य ४३ लाख ५५ हजार रहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese