no comments

नयाँ वर्षमा नेपाल आइडल सज्जाले तताइन लेकसाइड

पोखरा, २ बैशाख/ नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै २०७६ साललाई विदाई गर्न पोखराको लेकसाइडका रेष्टुरेण्टहरुले चर्चित कलाकार ल्याएर संस्कृतिक कार्यक्रम गरेका छन् ।

पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले नयाँ वर्ष स्पेशल बनाउन नेपाल आइडल सिजन ३ कि विजेता सज्जा चौलागाईलाई स्टेजमा उता¥यो ।

सज्जाले नयाँ वर्षलाई स्वागत गर्दै मंगलबार राति लेकसाइड तताइन् । देशका विभिन्न शहरबाट आएका स्वदेशी र बिभन्न देशबाट आएका केही पर्यटक पनि सज्जाको गितमा रमाउँदै नयाँ वर्ष २०७८ लाई स्वागत गरेका थिए । सज्जाले म संसार जित्ने आँट गर्दै छु लगायतका दर्जन बढी गित प्रस्तुत गरेकी थिइन ।

वैशाख १ गते नयाँ वर्षको दिन साँझ भ्वाइस अफ नेपालका सुशान्त गौतमको प्रस्तुती रहने प्याराडिसो स्पोर्टस बार एण्ड ग्रिलका म्यानेजर हरि पौडेलले बताए । यसै गरि मंगलबार लेकसाइडका प्लेम लाउन्जम प्रताप दासले बिभिन्न गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

लेकसाइडका बिजीबीमा स्थानीय ब्याण्डका कलाकारले गित प्रस्तुत गरेका थिए । यसरी लेकसाइडका बिभिन्न रेष्टुरेण्ट होटलहरुमा नयाँ वर्षलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese