no comments

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला सहितको प्यानल घोषणा

पोखरा, १३ पुष / पोखरा उद्योग वाणिज्य महासंघको पुष २४ र २५ गते हुने ३३ औं महाधिवेशनका लागि नारायण कोइरालाले अध्यक्ष सहित प्यानलको घोषणा गरेका छन् ।

पोखरामा पत्रकार सम्मेलन गर्दै कोइरालाले प्यानलको घोषणा गरे । कोइराला प्यानलको वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति र वाणिज्य अन्तरगत उपाध्यक्षतर्फ अर्जुन पोख्ररेल, उद्योग तर्फको उपाध्यक्षमा चिनुकुमारी गुरुङ मैदानमा उत्रिने भएका छन् ।

यसैगरी महासचिव सुरेन्द्रमान बिजुक्छ, कोषाध्यक्ष बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री प्यानलमा छन् ।

सदस्यमा कुमारी मुना बाँस्तोला, दिनेशचन्द्र बाँस्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिवल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला रहेका छन् ।

यसैगरी एशोसिएट्स तर्फ हरिहर सापकोटा र हर्कबहादुर अधिकारी चुनावी मैदानमा छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese