no comments

पोखरामा शनिबार थप ३ जनाको कोरोना संक्रमणबाट निधन

पोखरा, २० मंसिर / पोखरामा शनिबार थप ३ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । पोखराको गण्डकी अस्पताल र फिस्टेलल अस्पतालमा उपचाररत ३ जना संक्रमितको निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १७ का ५७ वर्षीय संक्रमित पुरुषको निधन भएको छ । उनको शनिबार बिहान ४ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनलाई कार्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी पोखरा ११ की ७२ वर्षीया १ जना महिलाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार रातिे फिस्टेल अस्पताल पोखरामा निधन भएको हो । मृतक महिलालाई मंसिर १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

फिस्टेल अस्पतालमा नै उपचाररत पोखरा महानगरपालिका वडा नम्बर १२ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ । उनको शनिबार दिउँसो १२ बजे निधन भएको हो । उनलाई मंसिर १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ६६ पुगेको छ । ती मध्ये कास्कीमा ८९ जनाको निधन भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese