no comments

मानुङमा जग्गा किनबेचमा प्रतिबन्ध, दैनिक जाने संख्या तोकियो

दमौली, २३ कात्तिक / तनहुँको व्यास ५ मानुङमा जग्गा किनबेचका लागि दुई महिनासम्म प्रतिबन्ध लगाइएको छ । व्यास नगरपालिकाले जग्गा विकास कार्यक्रम अघि बढाउने काम भैरहेको भन्दै गुरुयोजना बनेर काम अघि नबढ्दा सम्मका लागि जग्गा किनबेचमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

पर्यटकीय स्थल मानहुँकोटमा अबदेखि दैनिक ३ सय जना मात्रै जान पाउने भएका छन् । पछिल्लो समय एक्कासि पर्यटकको संख्या बढेपछि दैनिक ३ सय जनालाई मात्रै मानहुँकोट जान अनुमति दिने निर्णय गरिएको वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

आन्तरिक पर्यटक बढेपछि त्यसको व्यवस्थापनका लागि आइतबार मानहुँकोटमै नगरपालिकाको बैठक बसेको थियो ।
मानुङकोटमा आईतबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले एक महिनाभित्र गुरु योजना तयार पार्ने निर्णय गरेको उनले बताए । पछिल्लो समय मानुङमा मानिस आउन थाले पछि जग्गाको किनबेच बढ्न थालेको थियो ।

नगरपालिकाले मानुङमा सार्वजनिक शौचालय बनाउने भएको छ । शौचालय बनाएर कर्मचारी समेत राखेर सरसफाईमा विशेष जोड दिइने प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसैगरी मानुङमा खानेपानीको डिपिआर पनि तयार पार्नेे निर्णय नगरपालिकाले गरेको छ ।

नगरपालकाले बाढीले क्षति भएको पु¥याएको ठाउँमा एक हजार थान जाली खरिद गर्ने र १० लाख बराबरको ह्युम पाईप खरिद गर्ने पनि निर्णय गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese