no comments

कर्मचारीमा कोरोना देखीपछि कास्की मालपोत र नापी कार्यालय एक हप्ता सेवा बन्द

पोखरा, १० माघ/ कास्कीका मालपोत कार्यालय र नापी कार्यालय एक हप्ताका लागि सेवा प्रभाह बन्द भएको छ ।

दुबै कार्यालयमा कारेरत कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै एक हप्ता सेवा बन्द गरेको जनाएको छ ।

कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयमा कारेरत केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले सेवा बन्द गर्नु परेको विज्ञप्तीमा उल्लेख छ ।

माघ ११ देखि माघ १७ गते सम्म सेवा बन्द गरेको जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese