no comments

नेतृ शर्माद्वारा नेपाल प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर सहयोग

पोखरा, २ असोज / सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा पोखरा ५ निवासी नेपाली काँग्रेस कास्कीकी नेतृ सीता शर्माले नेपाल प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर सहयोग गरेकी छन् ।

कोरोना महामारीका बेला खटिएका सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर प्रदान गर्नका लागि उनले प्रेस युनियन कास्कीलाई ति सामग्री सहयोग गरेकी हुन् ।

उनले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र कोषाध्यक्ष विजय लम्साललाई ति सामग्री हस्तान्तरण गरेकी थिइन् ।

नेपाली काँग्रेस कास्कीका नेता विजयराज आचार्य, फणिन्द्र कोइराला, नेपाल औषधी व्यवसायी संघ गण्डकी उपाध्यक्ष झलक शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् यज्ञराज पौडेलको उपस्थितिमा ति सामग्री हस्तान्तरण गरिएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese