no comments

सुर्य चुनाब चिन्ह हामौ होः नेता महेश बस्नेत

पोखरा, ११ पुष / नेकपा ओली समुहका नेता महेश बस्नेतले तत्कालीन एमाले तथा तत्कालीन माओवादीबीच एकता भएको दिनबाट नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल लगायतका नेताहरुले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

युवा संघले पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले विधानमा नै उल्लेख भएको २ वटा पार्टीको एकता महाधिवेशनसम्म नटुंगिदासम्म सहमति जाने सहमतीलाई नै तोडेको बताए ।

उनले २ जना अध्यक्षबीचको एजेण्डा, प्रतिवेदन, तथा निर्णयमा सहमति गर्ने र महाधिवेशनसम्म सबै सहमतिहरु टुंग्याउने भन्ने विषयमा प्रचण्डले धोकाको आरोप लगाए । उनले भने, ‘त्यसपछि उहाँले तत्कालीन एमालेका नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायतलाई च्यापेर पार्टी विभाजन गरेको बताए ।

नेता बस्नेतले सुर्य चिन्ह आफुहरुको हुने बताए । सुर्य चिन्हमा प्रचण्डको दावी रहनु हास्यास्पद भएको बताए । उनले जनमत छ भने प्रचण्डलाई हसिया हतौडामा चुनाब लडेर जितेर देखाउन चुनौति दिए ।

नेता बस्नेतले बहुमत प्राप्त सरकारलाई आफ्नै पार्टी तथा केही नेताहरुले काम गर्न अवरोध पु¥याएपछि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुपरेको बताए ।

उनले आफ्नैबाट अविश्वासको प्रस्ताव ल्याउने योजना आउपछि संसद विघट गरेर मध्यावधि निर्वाचनको घोषणा गर्न बाध्य भएको बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese