no comments

पोखराका विभिन्न ठाउँमा घरेलु मदिरा बरामद गरि नस्ट

पोखरा, २९ साउन / कास्की प्रहरीले पोखरा महानगरपालिका र वरपरका क्षेत्रबाट घरेलु मदिरा बरामद गरी नस्ट गरेको छ ।

प्रहरीले १० लिटर घरेलु मदिरा र ४०० लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा महानगरपालिका ११ फुलबारीबाट १ सय ५० लिटर मदिराजन्य कच्चा पदार्थ नियन्त्रणम लिइ नस्ट गरेको छ ।

फुलबारीका चन्द्र कुमारी गुरुङको घरमा डेरा गरी बस्ने सुन्तली श्रेष्ठको डेराकोठाबाट उक्त परिमाणको मदिरा फेला पारेको उनले बताए ।

सोही ठाउँबाट राधिका थापामगरको डेराकोठाबाट १ सय ५० लिटर मदिराजन्य कच्चा पदार्थ, १० लिटर तयारी मदिरा फेला पारेको उनले बताए ।

त्यसै गरी पोखरा महानगरपालिका मनकामनाटोल बस्ने टेक बहादुर गुरुङको घरबाट घरेलु मदिरा बनाउन तयारी अवस्थामा रहेको १ सय लिटर कोदो मर्चा र चिनी मिसाएको मदिराजन्य कच्चा पदार्थ नियन्त्रणमा लिइ नस्ट गरेको उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese