no comments

लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पोखराबाट एक जना पक्राउ

पोखरा, २५ माघ/ पोखरामा सवारी लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ गरेको छ ।

स्याङ्जा जिल्ला वालिङ नगरपालिका १ घरभई हाल पोखर (१४ चाउथे बस्ने ४९ वर्षीय खगेन्द्रप्रसाद काफ्लेलाई पोखराको अमरसिंहबाट प्रहरीले पक्राउ गरेको हो ।

यातायात कार्यालयको कर्मचारीसँग राम्रो सम्बन्ध भएको भन्दै ट्रायल तथा टेष्टमा फेल भएपनि सजिलै लाइसेन्स निकालिदिन्छ भन्दै ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काफ्लेले विभिन्न व्यक्तिसँग उठाएको कागजात, लाइसेन्स तीन थान, विभिन्न नमूना प्रश्नपत्र, २ थान मोवाइल र नगद ८९ हजार ६ सय २० रुपैयाँ काफ्लेको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ । काफ्ले यस अघि पनि यातायातका एक कर्मचारीलाई घुस दिने क्रममा पक्राउ परेका थिए ।

मेट्रो ड्राइभिङ स्कूल एण्ड प्रि टेष्ट सेन्टर प्रालिका संचालक समेत रहेका खगेन्द्रलाई कानूनी कारवाही अगाडि वढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

काफ्लेलाई ठगी सम्बन्धी कसूर अन्तर्गत १० दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese