no comments

काइण्डनेस क्लब मदरल्याण्डद्वारा खाद्यान्न वितरण

पोखरा, २८ असोज/ दया, माया र करूणाको भाव विद्यालय स्तरबाटै जगाउनुपर्छ भन्ने भाव जागृत गर्ने अभिप्रायले स्थापित काइण्डनेस क्लब मदरल्याण्डद्द्धारा खाद्ययान्न वितरण गरेको छ ।

क्लबले १५ जना दृष्टिविहीन र १५ जना अन्य गरी समस्यामा परेका तीस परिवारलाई खाद्यान्न वितरण गरेको हो । काइण्डनेस क्लब मदरल्याण्डका संयोजक दुर्गामाया एण्डर्सनको जन्मदिनको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो।

जसमा क्लबका सदस्यहरू इरा घजू, अखिलेस श्रेष्ठ, इप्सु न्यौपाने, एल्भिना बराल, कृपा बराल, प्रतिक भट्टराई, विशेष बराल, रेचल न्यौपाने, अप्सरा थापा, बिष्णु पराजुली, मञ्जु शर्मा लगायतले सहयोग गरेका थिए ।

गौरीघाटमा अवस्थित तारा होटलमा सम्पन्न कार्यक्रमको सञ्चालन सन्ध्या गौचनले गरेकी थिइन् ।

TechSansar.com - Technology Navigator website for Nepalese