no comments

कास्कीमा स्कुटर पुलमा ठोकिदा एक जनाको मृत्यु

पोखरा, १७ असोज / कास्कीमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ५ नयाँपुल स्थित कास्की पर्वत जोडने पक्की पुलको बारमा स्कुटर ठोकिदा दुर्घटना भएको थियो ।

पोखराबाट पर्वत तर्फ जाँदै गरेको ग १०प २१२२ नम्बरको स्कुटर अनियन्त्रीत भई ठक्कर खादाँ स्याङ्जा आधिखोला गाउँपालिका ६ बस्ने २६ बर्षीय पुस्कर बस्नेतको मृत्यु भएको छ ।

स्कुटरमा सवार दुवैजना घाईते भएको र उपचारको लागि पोखराको मेट्रोसिटि अस्पतालमा उपचार भएको थियो । बस्नेतको उपचारका कै क्रममा मृत्यु भएको हो ।

स्कुटर चालक सोही स्थानका २५ बर्षीय सन्तोष न्यौपानेको अवस्था मध्यम रहेको उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

TechSansar.com - Technology Navigator website for Nepalese