no comments

कास्कीमा अविरल वर्षा, ठाउँ ठाउँमा पहिरो र बाढी, गण्डकीमा कहाँ के के भयो

पोखरा, १ असार/ कास्कीमा अविरल वर्षाका कारण ठाउँमा बाढी र पहिरो गएको छ । वर्षाका कारण आएको बाढीले कास्कीको मादी गाउँ पालिकामा निमार्ण भइरहेका सुपर मादी हाइड्रो पावरमा क्षति पुगेको छ ।

बाढीले २ वटा जेसिबि, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइपहरु, जेनेरेटर लगाएतका सामग्रीहरुमा क्षेती पुगेको आयोजनाले जनाएको छ । बाढीले करिब २० करोड बराबरको क्षति भएको सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योती ढुङ्गानाले जानकारी दिए ।

त्यसै गरी वर्षाका कारण पोखरा ९ नयाँबजार शिद्धमार्ग देखी सेती नदी जाने बाटो भत्कदा वरपरका घरहरु जोखिममा परेका छन् । त्यसै पोखरा महानगरपालिका ६ मा वर्षाका कारण नहरमा आएको बाढी थुनिदा तीन घरमा क्षति पुगेको छ ।

बैदामको स्ट्रिट ३१ स्थित वसन्त बैठक नहर मार्गमा सिचाईको नहर थुनिदा स्थानीय विश्वेश्वर पौडेल र वासु पौडेलको ३ घरमा क्षति पुगेको वडाध्यक्ष जगत पहारीले बताए । बाटो निर्माणको क्रममा माटोले थुनिएको नहरमा भारी वर्षाका कारण आएको पानीको बहाव बस्तीमा छिर्दा घरमा क्षती पुगेको हो ।

सबै बिच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी मस्र्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा तालगाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र उनीहरुलाई वसोवासको प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

नासो गाउँपालिका– १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण डुबानमा परेको छ । मस्र्याङ्दी छेउमा रहेको तालगाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार बाँकी घर पनि जोखिममा छन् ।

स्थानीय घर छाडेर बाहिर सुरक्षित ठाउँमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । प्रजिअ लामिछाने डुबानको खबरलगत्तै स्थानीयस्तरबाट सुरक्षाकर्मी खटाइसकिएको र अन्य प्रवन्ध मिलाइएको बताएका छन् ।

डुबानबाट विद्यालय र वडा कार्यालय पनि प्रभाजित भएको छ । सदरमुकाम चामे स्थित तातोपानी कुन्ड नजिकैको बस्तीमा समेत बाढी पसेको छ । बाढीले चामे गाउँपालिका– १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृहमा क्षति पु¥याएको छ ।प्रदेशभित्रका जिल्लामा पर्ने राजमार्गमा अहिले वर्षाकै कारण यातायात सेवा अवरुद्ध छ ।

गण्डकी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी गतिविधि तथा घटनाहरू

गोरखा: खोला तर्ने क्रममा मानिस बगाई बेपत्ता

मिति २०७८।०३।०१ गते अन्दाजी ०७:३० बजेको समयमा जिल्ला गोरखा आरुघाट गाँउपालिका-२ ढोडेनि स्थित ठोटनरी खोलाले जिल्ला बर्दिया घर भई हाल ऐ. स्थितमा ट्रसको काम गरी बस्दै आएको वर्ष ३८ को गोबिन्द चौधरीलाई खोला तर्ने क्रममा बगाई बेपत्ता पारेको खबर प्राप्त हुन साथ तत्काल प्रहरी टोली खटि गई स्थानियसंग संयुक्त रुपमा खोजतलास कार्य गरि रहेको।

नवलपरासी पूर्व : सडक अबरुद्द

मिति २०७८।०३।०१ गते अन्दाजी १२:०० बजेको समयमा जिल्ला नवलपरासी(पूर्व) बिनयीत्रिबेणी गाँउपालिका-२ दाउन्ने बिश्वकर्मा मन्दिर नजिकै अविरल बर्षातको कारण माथिबाट अचानक पहिरो खस्न जाँदा पूर्व-पश्चिम राजमार्ग दुबै तर्फबाट अबरुद्द भएको , त्यस्तै गैंडाकोट नगरपालिका-८ थुम्सी स्थित पुर्वपश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सनमा अविरल वर्षातको कारण खोल्सा-खोल्सीबाट आएको पानी भरिनगई उक्त डाइभर्सन जोखिम भएकोले राजमार्ग दुईतर्फ नै बन्द भएको, उक्त स्थानहरुमा प्रहरी टोलि खटि गई राजमार्ग एकतर्फी सञ्चालन गराएको ।

पर्वत: बर्षातको कारण घर भत्कीएको

मिति२०७८।०३।०१ गते अन्दाजी १४:०० बजेको समयमा जिल्ला पर्बत जलजला गाँउपालिका-३ वारीबेनी बस्ने अमृत के.सी.को ढुङगा माटोले बनेको दुई तले कच्ची घर अबिरल बर्षातको कारण भत्कीन जाँदा सोहि घर संग सटाएर पार्कीङ गरी राखेको नमस्ते बेकरी उद्योगको ग२च ६४९७ नं.को भ्यानको बाहिरी भागमा क्षती भएको र घर पुर्ण रुपमा क्षति भएको मानबिय तथा चौपाय क्षति नभएको ,उक्त स्थानमा प्रहरी टोलि खटि गई उद्धार गरेको जोखिम न्युनिकरणका लागी खटिरहेको छ  ।

बागलुङ: पहिरोले घर जोखिम

मिति २०७८।०३।०१ गते परेको अबिरल वर्षातको कारण जिल्ला बागलुङ काठेखोला गाँउपालिका-६ ईनारपानी बस्ने शिबलाल कंडेलको ढुङगा माटोले बनेको खरको छानो भएको २ तले कच्चि घरको अगाडीबाट पहिरो गई घर उच्च जोखिममा रहेको ,उक्त घरमा बसोबास गर्ने ४ जना बिस्थापित भईसकेको,अन्य मानबिय तथा चौपाय क्षती केही नभएको,उक्त स्थानमा प्रहरी टोली खटि गई क्षति न्युनिकरण तर्फ लागि परेको ।

कास्की: अबिरल बर्षातको कारण क्षती

मिति २०७८।०३।०१ गते अन्दाजी १०:००बजेको समयमा जिल्ला कास्की अन्नपुर्ण गाँउपालिका-६ हाईजुङ स्थितमा बर्षातको कारण ऐ. बस्ने टंक बहादुर  पुनको घर (मानिस नबस्ने) अगाडी पहिरो आई बासघारी पल्टदा निजको घरको छानोमा हाईटेसन लाईनको तार परेको, ऐ. स्थितमा रहेको बिजुलीको पोल ढलेको, नयाँपुल र घान्द्रुक जाने लाईन पुर्ण रुपमा अवरोध भएको, ऐ. स्थितमा रहेको श्री ज्ञानोदय आधारभुत प्राथमिक बिद्यालय को भवन र ऐ. बस्ने धन बहादुर नेपालीको ४ जना परिवार संख्या रहेको घर जोखिममा रहेको, नयाँपुल घान्द्रुक सडक खण्ड अवरुद्द रहेको, ऊक्त स्थानमा प्रहरी टोलि खटि गई जोखिम उद्दार तथा क्षति न्युनिकरण तर्फ लागि परीरहेको ।

कास्की: बाढी आई घर जोखिम

मिति २०७८।०३।०१ गते अन्दाजी१०:४५ बजेको समयमा जिल्ला कास्की अन्नपुर्ण गाँउपालिका-७ बिरेठाँटी स्थितमा मोदी खोलाको पानीको बहाब बडी १५ जना बसोबास गर्ने ६ घरहरु जोखिममा रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गई सुरक्षा सतर्कता अपनाई क्षति न्युनिकरणमा लागी परीरहेको ।

मनाङ : बाढी आई घर बगाएको

मिति २०७८।०३।०१ गते अनबरत परेको अबिरल बर्षाका कारण जिल्ला मनाङ चामे गाँउपालिका-४ स्थित ठाडे   खोलामा आएको बाढीले चामे बजारमा रहेका ४ घर बगाएको र ऐ.ऐ. नासो गाँउपालिका-२ धारापानी स्थित मर्स्याङदी नदिमा आएको बाढीले १ घर बगाएको, पुर्व अनुमान गरी सुरक्षा सतर्कता आपनाएकोले मानबिय तथा चौपाया क्षति नभएको, उक्त स्थानमा प्रहरी टोलि खटि गई थप क्षति न्युनिकरणका  लागी खटिरहेको ।

मुस्ताङ: पहिरोले घर जोखिममा

मिति २०७८।०२।३१ गते देखी परेको अबिरल बर्षातको कारण मिति २०७८।०३।०१ गते अन्दाजी १४:५० बजेको समयमा जिल्ला मुस्ताङ थासाङ गाँउपालिका-२ बस्ने खड्क बहादुर  बि.क.को घरगोठ तल देखी पहिरो गई उक्त घरगोठ जोखिममा रहेको ऊक्त स्थानमा प्रहरी टोलि खटि गई घरगोठमा बस्ने ३ जनालाई ऐ. स्थित रहेको समाज घरमा स्थानान्तरण गरिएको, मानबिय र चौपाय क्षती नभएको, थप क्षति न्युनिकरणका लागि प्रहरी खटिईरहेको ।

 

 

TechSansar.com - Technology Navigator website for Nepalese