no comments

राप्रपा संसद पुनस्थापनका पक्षमा छैन- कमल थापा

पोखरा, २३ पुष / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले गणतन्त्रका संवाहक नै गणतन्त्रको हत्या गर्न लागेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आयोजना गरेका भण्डोतोलन एवं चुनाब चिन्ह अनावरण कार्यक्रममा नेता थापाले अदालतलाई संसद पुनस्थापना गर्नु पर्ने माग गने र संसद भंग गर्ने दुबै टोलीले धम्कि दिएको बताए । उनले आफ्नो पार्टी पहिले देखी नै गणतन्त्र, धर्मनिपेक्षता र संघियता चल्न सक्दै भन्दै आएको बताए ।

उनले विदेशीहरुको डिजाइन अनुसार नेपाललाई धार्मिक सांस्कृतिक उपनिवेश बनाउन धर्म निरपेक्षता लादिएको बताए । पूर्वउपप्रधानमन्त्री थापाले ०६२/६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको भन्दै त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर आफू गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको स्पष्ट पारे ।

नेता थापाले संसद विघटनको घटनाबाट मुकुक थप जटिलतातर्फ फसेको बताए । उनले यसलाई अवसरको रुपमा सदुपयोग गदै राप्रपाले सदनमा जाने र राजतन्त्र सहितको हिन्दुराज्य पुस्थापनाका लागि सदन र सडकबाट आवाज उठाउने बताए ।

उनले आफुहरु ताजा जनमतका कै पक्षमा रहेको बताए । उनले जनताको अभिमतबाट एक कदम अगाडी बढ्ने बताए । उनले नेपाली काग्रेस र नेकपाले लिएको बिचार असफल भएको बताए । नेपालमा हिन्दु धर्म, बौद्धधर्म लगाएतका धर्म हुदाँ हुदै विदेशीको धर्म बोकेर हिड्न आवश्यक नभएको बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese