no comments

कालिगण्डकी डाईभर्सन नगर्न गण्डकी सरकारको चेतावनी

पोखरा, १२ असार/ कालिगण्डकी डाईभर्सन गर्ने संघ सरकारको आयोजना विरुद्ध गण्डकी सरकारले डाईभर्सन नगर्न चेतावनी दिएको छ । सरकारका प्रबक्ता कुमार खड्काले गण्डकी र लुम्बिनीका लाखौं नागरिकको सरोकारसँग जोडिएकोले डाईभर्सन नगर्न आग्रह गरे ।

कालीगण्डकी नदीको पानी डाइभर्सन गरी तिनाउ खोलामा मिसाएर १ सय २६ मेगावाट विद्युत उत्पादन गर्ने तथा रुपन्देही र कपिलवस्तुको १ लाख हेक्टर जमिन सिँचाइ गर्ने गरी संघ सरकारले बहुउद्देश्यीय आयोजना सुरु गर्दैछ । त्यसका लागि शनिबार बुटवलमा कार्यालय खोलिएको छ । कार्यालय खोल्ने वित्तिकै गण्डकी सरकारका प्रबक्ता खड्काले कालीगण्डकी सभ्यता भएकोले चलाउन नदिने बताएका हुन् ।

संघ सरकारले गण्डकी प्रदेशसँग कुनै सरोकार नै नराखी एकलौटी रुपमा आयोजना सन्चालन गरेर दुई प्रदेशबीच द्धन्द्ध बढाउन खोजिएको भन्दै असन्तुष्ट बनेको छ । यो आयोजना २०७१ सालको नीति तथा कार्यक्रममा समावेश गरिएपनि लगातार विरोध हुँदै आएको थियो ।

१ खर्ब ८० अर्ब रुपैयाँ लाग्ने आयोजनामा २७ किलोमिटर सुरुङ मार्ग हुने छ । स्याड्जाको पिपलडाँडामा ड्याम बनाएर पाल्पाको तिनाउ २ दोभानमा पानी झार्ने योजना छ । त्यहाँबाट नहर बनाएर खेतीयोग्य जमिनमा पानी लगिने छ ।

TechSansar.com - Technology Navigator website for Nepalese