no comments

पोखरामा जुवा मुद्धाका मिलाइदिने भन्दै ५ लाख ठग्न खोज्ने २ जना पक्राउ

पोखरा, ८ कात्तिक/ कास्की प्रहरीले जुवा मुद्धाका प्रतिवादीलाई छुटाउने नाममा ठगी गर्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

जुवा तथा सट्टेबाजी मुद्धामा गत असोज १९ गते पोखरा –१९ लामाचौरबाट पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै पाँच लाख रुपैंया ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्ना चिनेका व्यक्तिहरु प्रहरी, वकिल र अदालतमा भएकोले मुद्धा मिलाइदिने भन्दै ठगी गर्न खोजेका थिए ।

काभ्रेको खानिखोला –१ घर भइ पोखरा –५ बस्दै आएका २९ वर्षीय चन्द्र बहादुर बल र गोरखा शहीद लखन गाउँपालिका –१ घर भइ पोखरा –२६ अर्घौंचोक बस्दै आएका ३१ वर्षीय जीवन गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिए ।

पक्राउ परेकाहरु माथि ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese