no comments

पोखरा जेसिजद्धारा विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा १३ असोज/ विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सचेतना जगाउँदै पोखरा जेसिजले मणिज्योती आधारभुत विधालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

पोखरा महानगरपालिका १८ सराङकोट स्थित विद्यालयलाई माक्स, सेनिटाईजर लगायत स्वास्थ्य सामग्री सहित कोरोना भाइरसबाट जोगिने विषयमा सचेताना कार्यक्रम सम्पन्न गरेको छ । जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कोरोना भाइरसको विधालय बन्द हुदाँ विधार्थीलाई निकै असर गरिरहेको र कोरोनालाई आत्मसाथ गर्दै जेसिजले शिक्षाको क्षेत्रमा सहयोग गरेको हो । जेसिजले आफ्नो स्थापनाकाल देखि नै विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका १८ का वडा अध्यक्ष रणबहादुर थापाले कोभिडको कारण विद्यार्थी र शिक्षक विच बढेको दुरीलाई चिर्नको लागी स्वास्थ्य सामग्री महत्वपुर्ण आधार रहेको औल्याए ।

विधालयमा सचेतनामा सिकाएका कुरालाई घरमा गएर समेत लागु गर्न थापाले अनुरोध गरे । संस्थाले अघि सारेको सप्ताह कार्यक्रमको सफलताको कामना गर्दै अध्यक्ष थापाले सुरक्षित भएर विद्यार्थीलाई पठनपाठन गराउनुपर्ने बताए । सोहि क्रममा बोल्दै पोखरा जेसिजका अध्यक्ष शिवप्रशाद सापकोटाले विद्यालय र जेसिजबिच गहिरो सम्बन्ध रहेको बताए । विद्यालयलाई आवश्यक अनुसार हरेक समयमा सहयोग गर्न जेसिज तयार रहेको उनको भनाइ छ ।

कोभिडको प्रतिकुल समयलाई समेत अनुकुलतामा ढाल्दै कार्य गर्नुपर्ने बताए । अनलाईन शिक्षा सबैको पहँुचमा नभएको बताउँदै उनले स्वास्थ्य सामग्रीको उचितम प्रयोग गरी अघि बढ्नुपर्ने धारणा राखे । सप्ताहव्यापी कार्यक्रमका संयोजक मिनराज खड्काले विद्यालयलाई सहयोग गर्नपाउँदा खुःसी लागेको बताए । कोरोनाको कारणले प्रभावित भएपनि बालबालिकालाई शिक्षाबाट बञ्चित गराउँन नहुने उनको भनाई छ ।

त्यसतै स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमकी संयोजक विनु श्रेष्ठले कोरोनाको कारणले बालबालिकामा नकरात्मक असर पर्न सक्ने बताउँदै उनीहरुलाई दैनिक रुपमै अध्ययन गराउन आग्रह गरिन । कार्यक्रममा विपना बास्तोलाले कोरोना भाइरसबाट जोगिन केके गर्नुपर्छ भन्नेबारेमा जानकारी दिइएकी थिईन् ।

उनले सावुनपानीले कसरी हात धुने, कस्ता व्यक्ति संग सम्पर्क गर्ने र सरसफाईमा कसरी ध्यान दिने भन्नेबारेमा बालबालिकालाई सिकाएकी थिईन । विधालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको भन्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चिन बहादुर बानियाँले धन्यवाद व्यक्त गरे ।

TechSansar.com - Technology Navigator website for Nepalese