no comments

पोखरामा जापानी भाषामा वक्तृत्वकला प्रतियोगिता हुने

पोखरा, ६ बैशाख/ पोखरामा बैशाख दोस्रो साता जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । भाषा संघ नेपालको आयोजनामा हुने प्रतियोगितामा १९ जनाले सहभागीता जनाउने छन् ।

जापानी भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुमा जापानी भाषा तथा सांस्कृतिक ज्ञानको विकासका लागि बैशाख ९ गते प्रतियोगिता गर्न लागिएको संस्थाका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा जापानी भाषा करिव १ वर्ष पढेका विद्यार्थीहरुको सहभागिता रहने संस्थाका सल्लाहकार तथा वक्तृत्वकला प्रतियोगिता संयोजक विक्रम उदासले जानकारी दिए । प्रतियोगिताले जापानीज भाषा सिकिरहेका विद्यार्थीहरुको क्षमतालाई बढाउनपनि सघाउ पुर्याउने उनले विश्वास व्यक्त गरे ।

प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्वितियलाई २० हजार र तृतिय हुनेलाई नगद १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल पार्न जापानी राजदुतावास, काठमाण्डौं र जापान फाउन्डेसन, जापानले सहयोग पुर्याएका छन् ।

पोखरामा दिउँसो १ बजेबाट शुरु हुने कार्यक्रम सरकारले तोकेको स्वास्थ्य मापडण्ड पुरा गरी आयोजना गरिने संयोजक श्रेष्ठले जानकारी दिए । पोखराका विभिन्न भाषा स्कुलहरुमा अध्ययनरत १९ जना विद्यार्थीहरुको सहभागिता रहने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको संस्थाका महासचिव मोतिप्रसाद श्रेष्ठले बताए । भाषा संघमा कास्कीका ४१ वटा परामर्श तथा जापानी भाषा प्रशिक्षण दातृ संस्थाहरु आवद्ध छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese