no comments

पामे बचत तथा ऋण सहकारीको अध्यक्षमा त्रिपाठी चयन

पोखरा, २३ असोज/  पामे बचत तथा ऋण सहकारी संस्थाको ११ औ साधारण सभा तथा चौथो अधिवेशनले अग्नीधर त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । समितिको उपाध्यक्षमा नवराज पराजुली, सचिबमा खिमनाथ तिमिल्सिना, सहसचिबमा गिताकुमारी पौडेल दवाडी, कोषाध्यक्षमा लेखनाथ पराजुली चयन भएका छन् ।

त्यसै गरी सदस्यमा रेवती पौडेल देवकोटा, दुर्गा तिमिल्सिना, युवराज तिमिल्सिना, लक्ष्मण तिमिल्सिना, भोलानाथ अधिकारी, घनश्याम अधिकारी चयन भएका छन् । अधिबेशनले लेखा सुपरिवेक्षण समितिको संयोजकमा शालिकराम लामिछाने, सदस्यमा विष्णुहरि तिमिल्सिना र सन्तोष तिमिल्सिना निर्विरोध चयन भएका छन् ।

उनिहरुलाई निर्वाच समितिका संयोजक भोजराज घिमिरेले पद तथा गोपनीयताका सपथ गराएका थिए । अध्यक्ष त्रिपाठीले पामे बचत तथा ऋण सहकारी संस्थालाई प्रविधि मैत्रि बताउन आफु लाग्ने बताए ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष महेश्वर दवाडीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष खेमनाथ तिमिल्सिनाले प्रस्तुत प्रगति प्रतिवेदन छलफल गरी पारित गरेको छ । साधारणसभामा अध्यक्ष दवाडीले कोभिड–१९ का कारण असहज अवस्थामा पनि उल्लेख्य प्रगति हासिल गर्न सबैको सहयोग मिलेको बताए । शेयर पूँजी रकम र साधारण जगेडा रकम अघिल्लो वर्षको तुलनामा वृद्धि भएको उनको भनाई थियो ।

साधारण सभा कार्याक्रमा पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष ओम सुबेदीले सहकारी बचत र ऋर्णको मात्रै काम गर्ने नभई रचनात्मक काम गर्नु पर्ने बताए । उनले नयाँ नेतृत्वले सहकारीलाई अझ उत्कृष्ट बनाउने बताए । त्यसै गरी जिल्ला सहकारीका बरिष्ठ अधिकृत भोजराज घिमिरेले सहकारीहरु आफ्नो सिद्धान्तमा अडिक बनेर लाग्नु पर्ने बताए । उनले पामे सहकारीले उत्कृष्ट काम गर्दै आएको बताए ।

कार्यक्रममा सहकारीका सहसचिब मिनराज खड्का, लेखासमिति संयोजक लेखनाथ पराजुली लगाएतले सहकारी अझ प्रविधि मैत्री बन्दै आगडी बढ्नु पर्ने बताएका थिए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese