no comments

स्वास्थ्य मापदण्ड अपनाउदै लेखनाथको खाष्टेताल महोत्सव हुने

लेखनाथ, ११ चैत्र/ बिहीबार देखि कास्कीको पोखरा महानगरपालिका वडा नं २६ मा संचाालन हुन लागेको प्रथम खाष्टे ताल महोत्सबमा स्वास्थ्येका सम्पुर्ण विधिहरु अपनाएर संचालन गरिने भएको छ ।

महोत्सव आयोजनाका लागी गतिविधीहरु अगाडी वढेर झण्डै ८० प्रतिशत काम भईसकेको अवस्थामा विश्व ब्यापी रुपमा फैलिएको कोरना भाईरसको प्रकोप नेपालमा पनि वढि रहेको अवस्थलाई ध्यानमा राख्दै प्रशासनको आदेशलाई पनि पालना गर्दै महोत्सवमा आउने दर्शकहरुलाई अनिवार्य रुपमा मास्क लगाउने ,सेनेटाईज गराएर र जोरो नापेर मात्र प्रवेश गराईने भएको हो ।

यसका लागि आयोजकहरुले महोत्सवको मुख्य प्रवेश द्धारामा निशुल्क रुपमा माक्स र सेनेटाईज गराउने र थर्मगनको साहायताले ज्वरो नापनेर मात्र दर्शकहरुलाई प्रवेश गराउने ब्यवस्था मिलाएको आयोजक सस्था खाष्टे तथा न्युरेनी ताल संरक्षण समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

लेखनाथको खास्टेताल महोत्सवमा जाऔँ प्रकृति र सस्कृतिमा रमाऔ रमाऔ भन्ने मुल नाराका साथ आन्तरिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने गरि खाष्टे तथा न्यूरेनीताल किराना खरानेफाँटमा आयोजना गरिएको महात्सवको सम्पुर्ण तयारी पुरा भई उद्घाटनको प्रखाईमा रहेको प्रचार प्रसार उप समितिका संयोजक ईश्वरराज भण्डारीले जानकारी दिएका छन् ।

चैत्र २२ गतेसम्म संचालन हुने महोत्सव ब्यवसायी एक सय १० वटा स्टहरु रहने छन् भने नेपालका चर्चित गायक ,गायिकाको दोहोरी लगाएत हास्य प्रस्तुति समेत रहने छ भने यस महोत्सवमा माछा तथा कृषि प्रदर्शनी लगाएतका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि हुने महोत्सवका सह संयोजक शिवहरी ढुगानाको भनाई रहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese