no comments

कांग्रेस कास्की सभापतिका लागि सुदिपको अग्रता, किशोरदत्त पछिपछि

पोखरा, १० मंसिर/ नेपाली कांग्रेसको कास्कीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको पछिल्लो परिणाम अनुसार सुदिप मोहन भट्टराईले अग्रता लिएका छन् । ३ सय मत गणना सकिदा उनले १ सय १४ मत प्राप्त गरेका छन् भने उनका किटतम प्रतिद्धन्दी किशोरदत्त बराल बनेका छन् । बरालले ९५ मत प्राप्त गरेका छन् । जिल्ला सभापतिका लागि ५ जनाले उम्मेदवारी दिएका थिए ।

त्यसै गरी आईबहादुर गुरुङले ६५, गिरीराज गौतमले ११ र पोषनाथ शर्मा पौडेल १२ मत प्राप्त गरेका छन् । अध्यक्षको मतगणना सकिएपछि अन्य पदाधिकारीको गणना हुने छ । कुल २ हजार ८८ मतदाता मध्ये २ हजार २५ मत खसेको थियो ।

जिल्ला उपसभापतिका लागि ९, सचिवका लागि ९ र सहसचिवका लागि ९ जनाको उम्मेदवारी छन् । उपाध्यक्षमा कृष्णप्रसाद ढुंगाना, नारायणप्रसाद श्रेष्ठ, प्रज्वल रन्जित, विजयराज भण्डारी, युवराज कुवँर, रामबाबु भण्डारी, रंगीला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद लामिछानेले उम्मेदवारी दिएका छन् ।

सचिवमा अमृतकुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सीना, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, भानुभक्त ढकाल, महेन्द्र पुन, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल र सिरोज कोइरालाको मनोनयन छ । सहसचिवमा कृष्णमान ठुसाजु, गणेबहादुर थापा, जयप्रकाश थापा, देवराज गुरुङ, नवीन सिग्देल, भीम गौतम, लक्ष्मण पहारी, विकास थापा र शंकर ढुंगाना चुनावी मैदानमा छन् ।

सदस्यहरुमा पोखरा महानगरबाट महिलामा विजयालक्ष्मी कोइराला, विष्णु कार्की र सीता शर्मा निर्विरोध भएका छन् । खुला सदस्यका लागि १८ जनाले उम्मेदवारी दिए । यसमा ४ जना निर्वाचित हुनेछन् । रुपा गाउँपालिकाबाट महिलामा २ र खुलामा २ जनाको उम्मेदवारी छ । दुवै पदमा १÷१ जना निर्वाचित हुनेछन् । मादीबाट महिलामा धनमाया गुरुङ निर्विरोध निर्वाचित भईन् भने खुलामा २ जनाको दावेदारी छ ।

अन्नपूर्णबाट महिलामा देवी गुरुङ र खुलामा विष्णु अधिकारी निर्विरोध निर्वाचित भएका छन् भने माछापुच्छ«ेबाट महिलामा लक्ष्मी लम्साल निर्विरोध तथा खुलामा ३ जनाको उम्मेदवारी छ । जिल्ला कार्यसमितिको खस आर्य तर्फ महिलामा ज्योति कोइराला र तारा बराल निर्विरोध भएका छन् । २ जना निर्वाचित हुने खुला खस आर्यमा १३ जना प्रतिश्पर्धी छन् ।

आदिवासी जनजातिमा पनि महिलातर्फ तारादेवी गुरुङ र चन्द्रमाया गुरुङ निर्विरोध निर्वाचित भएका छन् भने आदिवासीको खुलातर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो पदमा पनि २ जना मात्रै निर्वाचित हुने विधान छ । दलित कोटामा महिलातर्फ मिनाकुमारी परियार र खुलामा मनबहादुर लाम्गादे निर्विरोध भए । अपांग कोटामा अर्पण कोइराला र महाधिवेसन प्रतिनिधि अपांग कोटामा इशा बराल सर्वसम्मत भएका छन् । मधेशी, मुश्लिम, थारु खुला पदमा ३ र प्रदेश अधिवेसन प्रतिनिधि अपांग कोटामा २ जनाको दावेदारी छ । दुवै पदमा १÷१ जना निर्वाचित हुनेछन् ।

TechSansar.com - Technology Navigator website for Nepalese