no comments

पोखराका जिएमसी र मनिपालमा कोरोनाको निःशुल्क उपचार गर्न सरकार सगँ सम्झौता

पोखरा, ६ जेठ/ पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) र मनिपाल शिक्षण अस्पतालले कोरोनाको निःशुल्क उपचार गर्न सरकार सगँ सम्झौता भएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) केयर युनिट सञ्चालनका लागि देश भरबाट ३० भन्दा बढी अस्पतालसँग सम्झौता गरेको हो ।

सरकारसँग सम्झौता भएसँगै पोखराको जिएमसी र मनिपालले कोरोना संक्रमित व्यक्तिको निःशुल्क उपचार गर्ने भएका हुन् । यी हस्पिटलहरुमा पहिले कोरोनाको सःशुल्क उपचार हुँदै आएको थियो । पोखरा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा औषधि बाहेकको निःशुल्क उपचार हुदै आएको थियो ।

यसका लागि सरकारले संक्रमितको अवस्था हेरेर ३ हजार ५ सय देखि १५ हजारसम्म उपचार खर्च अस्पताललाई प्रदान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले गण्डकी मेडिकल कलेजलमा कोरोनाको बिरामीको निःशुल्क उपचार गर्ने भनेपछि तयारी थालेको कलेजकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घलेले जानकारी दिइन् ।

जटिल अवस्थाका बिरामीको उपचारका लागि १ दिनमा १५ हजारभन्दा बढी खर्च लागेको खण्डमा बिरामी आफैले तिर्नुपर्ने उनले बताइन् । घलेले सरकारले सामान्य अवस्थाको कोरोना बिरामीको लागि ३ हजार ५ सय, मध्यम अवस्थाको बिरामीको ७ हजार ५ सय र जटिल प्रकारको बिरामीका लागि १५ हजार बेहोर्ने गरी सम्झौता भएको बताइन् ।

अक्सिजनको मात्रा, रेम्डिसिभर लगायतका महंगो औषधीको प्रयोग गर्नुपरेको खण्डमा १५ हजारभन्दा माथि खर्च लाग्ने उनको भनाई थियो । जिएमसीमा बिहीबार पनि १ सय ४ जना बिरामीको उपचार भइरहेको छ । जसमध्ये आइसियुमा ५६ जना एचडियुमा १५ जना, क्याबिनमा ३ जना र अन्य आइसोलेसन बेडमा रहको उनले बताइन् ।

पछिल्लो समय पिसिआरको रिजल्ट आउन समय लागेको कारण पनि कोरोना संक्रमितको चाप थेग्न गाह्रो परेको उनको भनाइ थियो । सरकारले जिएमसी र मनिपालसँगै देशभरका अरु अस्पतालहरुसँग पनि कोरोनाको निःशुल्क उपचार गर्ने सहमति गरेको छ ।

 

 

TechSansar.com - Technology Navigator website for Nepalese