no comments

कास्की प्रशासनले भन्यो – मन्दिर नखोल्नु, आफु बसेकै ठाउँमा दशै मनाउनु

पोखरा, ३० असोज / जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना कोभिड १९ संक्रमण बढ्न सक्ने तर्फ सचेत गराउँदै दशैमा पनि मठ मन्दिर दर्शनमा रोक लगाएको छ ।

प्रशासन कार्यलयले शुक्रबार सूचना जारी गर्दै घटस्थापना देखी नवमीसम्म कुनैपनि मठ मन्दिर र शक्तिपिठमा नित्य कर्म बाहेक दर्शन नगर्न नगराउन आदेश जारी गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालद्धारा जारी विज्ञप्तीमा दशै, तिहार , छठ जस्ता पर्वमा जस्ता चाडपर्वमा आवगमनका कारण भिडभाड बढ्ने तर्फ सचेत गराउँदै आफु बसेकै ठाउँमा चाडपर्व मनाउन आग्रह गरेका छन् ।

विज्ञप्तीमा लक्षण नभएका कोरोना संक्रमितहरु बाहिर हिडडुल गरेको सूचना प्राप्त भएको भन्दै अनिवार्य होम आइसोलेशनमा बस्न समेत आदेश दिएका छन् ।

कास्की प्रशासनले भन्यो – मन्दिर नखोल्नु, आफु बसेकै ठाउँमा दशै मनाउनु

कास्की प्रशासनले भन्यो – मन्दिर नखोल्नु, आफु बसेकै ठाउँमा दशै मनाउनु

TechSansar.com - Technology Navigator website for Nepalese