no comments

पोखराका गिरीधारी नौ देखी बेपत्ता भएपछि परिवार चिन्तामा

पोखरा, १६ साउन/ मादी गाउँपालिका वडा नं ९ मुग्रीबेसी स्थायी बसोबास भई पोखरा–२९ भण्ढारढिक आदर्श चोक बस्दै आउनुभएका ६६ वर्षीय गिरीधारी दवाडी हराएको नौ दिनसम्म पनि फेला नपरेपछि परिवारका सदस्य चिन्तामा छन् ।

साउन ८ गते बिहान ४.०० बजेदेखि परिवार एवम् आफन्तजनको सम्पर्कमा नरहेका दवाडीको खोजी गरिराखिए पनि हालसम्म कुनै जानकारी पाउन नसकिएको उहाँका छोरा सुरेन्द्र दवाडीले जानकारी दिनुभयो ।

परिवार एवम् आफन्तजनको सम्पर्कमा नआएपछि प्रहरीमा सोही दिन खबर गर्नुका सम्भाव्य स्थानमा खोजी कार्य जारी राखिएको उहाँले बताउनुभयो । कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८०६५३८६९१ मा खबर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese