no comments

गण्डकी प्रदेशमा अहिलेसम्म कै धेरै संक्रमित, थप एक जनाको मृत्यु

पोखरा, २९ असोज/ गण्डकी प्रदेशमा बिहीबार अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । आज अहिलेसम्मकै धेरै १ सय ६९ जनामा कोरोना पोजेटिभ देखिएको वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

नवलपुरमा ५८, बागलुङमा ५१, कास्कीमा ३५, तनहुँमा ११, गोरखामा ७ र लमजुङमा ३ जना संक्रमित थपिएको उनले जानकारी दिए ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५६ पुगेको छ । यसअघि सबैभन्दा धेरै १८ असोजमा १ सय ६० जना थपिएका थिए । संक्रमित मध्ये ३ हजार ४ सय ७० जना निको भएका छन् भने ४७ संक्रमितको मृत्यु भएको छ ।

बिहीबार थप एक जनाको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका ३ का ६५ वर्षे पुरुषको गण्डकी मेडिकल कलेजमा बुधबार राति मृत्यु भएको हो ।

स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । ती पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीका १४, नवलपुर ९, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १/१ जना छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese