no comments

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना, पोखरामा ३ थपिए

पोखरा, ३० भदौ / गण्डकी प्रदेशमा मंगलबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजको प्रयोगशालामा भएको परीक्षणमा ४७ जनामा कोरानो संक्रमण पुष्टि भएको हो ।

नवलपुरमा २० जना, स्याङजामा १२ जना, तनहुँमा ९ जना, कास्कीमा ३ जना, लमजुङ, गोरखा र मनाङ १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा एक जना मेट्रोसिटि अस्पतालमा कार्यरत सफाइ कर्मचारी हुन् भने एक जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विमारी रहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । अन्य सबै संक्रमित व्यक्ति कन्ट्याक्ट ट्रेसिङकाबाट पहिचान भएको शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिले सम्म संक्रमितको सख्या ३ हजार १ सय १२ पुगेको छ । हालसम्म १ हजार ८ सय ९५ जना निको भइसकेका छन् । गण्डकी प्रदेशमा कोरोनको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese