no comments

गण्डकी प्रदेशमा १ हजार ८ सय २३ मा कोरोना संक्रमण, तीन जिल्ला कोरोना मुक्त

पोखरा, ५ भदौ / गण्डकी प्रदेशमा १ हजार ८ सय २३ जनामा अहिले सम्म कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार २ जनामा कोरोना संक्रमित थपिए सगँ यो सख्या पुगेको हो ।

शुक्रबार कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ कि ५० बर्षिय महिला र नवलपुरको गैडाकोटका ३२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशका तीन जिल्ला कोरोना मुक्त भइसेका छन् । गण्डकीका मनाङ, मुस्ताङ र म्यादी जिल्ला कोरोना मुक्त भईसकेको शर्माले बताए ।

गण्डकी प्रदेशमा अहिले सम्म सबै भन्दा बढि नवलपुरमा ३ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ त्यस मध्ये अहिले ३१ जना आसोलेजनमा छन् । स्याङजामा ३ सय ५ जनामा कोरोना संक्रमित भएका छन् भने २१ जना आइसोलेसनमा छन् ।

गण्डकीमा सबै भन्दा पहिले देखिएको बाग्लुङमा अहिले सम्म २ सय ७८ जनामा देखिएको छ भने ३० जना आइसोलेसनमा छन् । त्यसै गरी कास्कीको २ सय ६९ जना संक्रमित छन् भने १ सय ८ जना आइसोलेनमा छन् ।

त्यसै गरी तनहुँमा २ सय २५ संक्रमित भएका छन् भने ३८ जना आइसोलसनमा छन् । गोरखा १ सय १८ जना संक्रमित भएका छन् भने १ जना आइसोलेसनमा छन् ।

लमजुङमा १ सय १६ जना संक्रमित मध्ये ५ जना आइसोलेसनमा छन् । पर्वतमा १ सय ५ जनामा संक्रमित भएका छन् भने ७ जना आइसोलेसनमा उपचाररत छन् ।

म्याग्दीमा ४८ जना संक्रमित भएका सबै निको भएका छन् । त्यसै गरी मानङ र मुस्ताङमा १÷१ जना संक्रमित भएकामा निको भइसेकेका छन् । अहिले सम्म १ हजार ५ सय ७५ जना निको भएर घर फर्किएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese