no comments

कास्कीमा वैशाख १५ गते देखी निषेधाज्ञा

पोखरा, १४ वैशाख/ कोरोना भाइरस (कोभिड—१९) को संक्रमण रोकथाम र नियन्त्रणको लागि कास्कीमा निषोधाज्ञा जारी गर्ने भएको छ । वैशाख १५ गते विहान ६ः०० बजे देखि वैशाख २१ गते राति १२ः०० बजेसम्मको लागि कास्कीमा निषेधाज्ञा जारी हुने भएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रवत्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेले बताए ।

स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, औषधि तथा औषधिजन्य उत्पादन तथा बिक्रि वितरण लगायतका अत्यावसेक सेवा तथा कार्य गर्ने बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु प्रवाह नगर्ने प्रशासनबाट आदेश जारी भएको प्रवक्ता पौडेलले जनाए ।

औषधि एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने, दैनिक उपभोग्य खाद्यान्न पसल, निर्माण, सामाग्रीका पसलहरु विहान ५ः०० बजे देखि बेलुकी ८ः०० बजेससम्म संचालन हुने सो बाहेकका अन्य पसलहरु, डिपार्टमेण्टल स्टोर, सपिङ मल, स्टोरहरु संचालन नगर्ने प्रशासनले निर्देशन जारी गरेको छ ।

फुटपात पसलहरु समेत बन्द गर्ने देखि जोर विजोरको आधारमा सवारी साधन संचालन गर्ने सम्मको निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

अत्यावसेक काममा बाहेक घर बाहिर ननिस्कने र हिडडुल नगर्ने, सबै प्रकारका सभा, सम्मेलन गोष्ठी तालिम, मानिस भेला जम्मा हुने कार्यक्रम नगर्ने, अत्यावसेक सेवा बाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधनलाई जोर गते जोर नम्बर प्यलेटका गाडी र बिजोर गतेमा बिजोर नम्बर प्लेटका गाडीहरु मात्र संचालन गर्ने प्रशासनले निर्देशन जारी गरेकोे छ ।

विवाह, ब्रतबन्ध, एवं अन्य संस्कारजन्य कार्यकैमहरु पार्टी प्यालेस तथा होटलमा संचालन नपाइने तर घरमा संचालन गर्दा तोकिएको आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी १५ जना भन्दा बढी सहभागि गराउन नपाइने भएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी विज्ञेप्तिमा उल्लेख गरिएको छ ।

होटल तथा रेष्टुरेण्टहरुले विहान ८ः०० बजे देखि बेलुका ८ः०० बजेसम्म टेक अवे सेवा मात्र संचालन गर्ने, बैंक तथा विक्तिय संस्थाहरुबाट प्रवाह हुने दैनिक सेवा नेपाल राष्ट्र बैंक, प्रादेशिक कार्यालय पोखराको समन्वयमा शाखा प्रबन्धकले न्यूनतम कर्मचारीको उपस्थितीमा संचालन गर्ने प्रशासनले निर्देशन जारी गरेको छ ।

कास्कीमा वैशाख १५ गते देखी निषेधाज्ञा

कास्कीमा वैशाख १५ गते देखी निषेधाज्ञा

TechSansar.com - Technology Navigator website for Nepalese