no comments

पोखरा महानगरपालिकाको आठौं नगरसभा सुरु, विधेयक माथी छलफल

पोखरा, २५ माघ/ पोखरा महानगरपालिकाको आठौं नगरसभा आइतबारबाट सुरु भएको छ ।

नगरसभामा ६ वटा नयाँ विधेयक र १७ वटा विधेयक संशोधनका लागि पेश भएका छन् । नगरसभामा कृषि, पूर्वाधार विकास नियन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, पर्यटन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र गैह्र सरकारी संस्था सम्वन्धी विधेयक पेस भएका हुन् ।

सभामा संशोधनका लागि आर्थिक कार्यविधि, गण्डकी बहुप्राविधिक शिक्षालय, कर तथा गैह्र राजश्व, खेलकुद, सहकारी, शुसासन, शहरी योजना, बालबालिकाको अधिकार व्यवस्थापन, फोहोर मैला व्यवस्थापन सहित १७ वटा ऐन संशोधनका लागि पेश भएका छन् ।

नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई उत्कृष्ट महानगरको रुपमा विकास गर्न उचित ऐन, कानुन, नियम आवश्यक रहेको बताए । उनले समय परिस्थिति अनुसार परिमार्जन गर्दै जानुपर्ने उनको भनाई थियो ।

सभामा उपप्रमुख मञ्जुदेवी गुरुङ, नेपाली काँग्रेसका सचेतक रामराज लामिछाने, नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचेतक शोभामोहन पौडेल लगाएतले बनाएका नीति, नियम तथा कानुन बृहत छलफल पछि नै आएको र हचुवाको भरमा नआएको स्पष्ट पारेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese