no comments

दिपेश खत्रीको उत्कृष्ट बलिङ, तनहुँमाथि कास्कीको जित

पोखरा, ७ पुस / अनुभवी खेलाडी दिपेश खत्रीको उत्कृष्ट बलिङमा कास्कीले तनहुँमाथि ३१ रनको जित निकालेको छ । १५५ रनको लक्ष्य पछ्याएको तनहुँलाई ३९ ओभरमा १२३ रनमै समट्दै कास्कीले दोस्रो जित दर्ता गरेको हो ।

खत्रीले १० ओभरमा ५ मेडन राख्दै केवल ९ रन दिएर ४ विकेट लिएपछि तनहुँलाई जितले लक्ष्य पुरा गर्न सकेन । उनी म्यान अफ दि म्याच घोषित भए ।

गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा कास्कीले तनुहँमाथि जित निकाल्दै लिग तालिकामा थप दुई अंक जोडन सफल भयो ।

तनहुँको तर्फबाट समिर कँडेलले ४१ रन बनाए । कास्कीको बलिङ्गमा सुवास भण्डारीले ३ विकेट लिए । यसअघि टस जितेर मैदान उत्रिएको कास्कीले ४७.५ ओभर खेल्दै सम्पूर्ण विकेटको क्षतिमा १ सय ५४ रन बनाएका थियो ।

जसमा अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङ्गले २० रन बनाएका थिए । तनुहँको बलिङ्गमा दिनेशजंग बुढामगरले ३, राजु गुरुङ्गले २ तथा प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीले समान एक एक विकेट लिएका थिए ।

खेलमा कास्कीका दिपेश खत्री म्यान अफ द म्याच घोषित भए । उनलाई नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले ट्रफि प्रदान गरेका थिए । लिग अन्र्तगत बुधबार कास्की र नवलपुरविच अन्तिम खेल हुनेछ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese