no comments

यु–१९ दुईदिवसीय सिरिज, कास्की हरियाको १५९ रनको अग्रता

पोखरा, २९ चैत/ यु–१९ दुईदिवसीय क्रिकेट अन्तर्गत आईतबार कास्की हरियोले कास्की निलोमािथ १५९ रनको अग्रता लिएको छ । हरियोले आफनो दोस्रो इनिङ शुरु गर्दै अग्रता लिदाँ आफनो ७ विकेट गुमाईसकेको छ । १६६ रनमा आफनो पहिलो इनिङ टुग्याएको हरियोले दोस्रो इनिङ शुरु गर्दै १ सय १० रन बनाउँदा ७ विकेट गुमाईसकेको छ ।

हरियोले पहिलो इनिङमा १६६ रन बनाउने क्रममा विपिन शाहीले अर्धशतकीय पारी खेले । उनले सर्वाधिक ६१ रनको योगदान गरे । सुवास भण्डारीको नाममा ४२ रन स्कोरबोर्डमा चढ्यो । निलोका बलर निशान कुँवरले ३ विकेट लिदैै टिम हरियोमाथि दबाव सृजना गरेका थिए । सबै विकेट गुमाएपछि निलोले आफनो पहिलो इनिङ शुरु गरेको थियो ।

टस हारेर निलोले क्षेत्ररक्षण गर्न पुगेको थियो । निलोले आफनो पहिलो इनिङमा भने ११७ रनमै समेटियो । सबै विकेट गुमाएपछि पहिलो इनिङमै कास्की निलो ४९ रनले पछि परेको थियो । निलोको लागि पुजन पौडेलले २१, मुष्कान थापाले १९ र सोहेल कुँवरले १८ रन बनाए । हरियोका कप्तान सुवास भण्डारीले ६ विकेट लिएपछि निलो सस्तैमा अलआउट हुन पुग्यो ।

४९ रनले अग्रता लिएको कास्की हरियोले दोस्रो इनिङ खेल्ने क्रममा ७ विकेट गुमाई ११० रनमा खेलिरहेको छ । सोमबार कास्की हरियोले आफनो पारी समाप्तीको घोषणा गरेपछि कास्की निलोले दोस्रो इनिङ शुरु गर्ने छ । हरियोका विदुर पुनले ४१ रन बनाउँदा आउट हुन पुगे । कास्की निलोका मुष्कान थापा, कुमार राना र भानुभत्त श्रेष्ठले दुई दुई विकेट लिएका छन् ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित दुई दिवसीय क्रिकेट सिरिज बैशाख १ गते टुंगिने छ । पोखरा क्रिकेट एकेडेमीको मुख्य प्रायोजन रहेको प्रतियोगिता पोखरा रंगशालामा जारी छ । प्रतियोगिताको व्यवस्थापन कास्की क्रिकेट क्लबले गरेको छ । दुई दिवसीय क्रिकेटको लागि पोखरा क्रिकेट एकेडेमीले गण्डकी प्रदेशबाट खेलाडी छनोट गरी तीन टिम तयार गरेको हो । च्याम्पियनले ट्रफी प्राप्त गर्ने छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese