no comments

पोखरामा थप १८ जना सहित ३४ जनामा कोरोना संक्रमण

पोखरा, २७ असोज / गण्डकी प्रदेशमा मंगलबार बिहान थप ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालमा भएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकामा १८ जना स्याङजा १४ जना र लमजुङमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सगँ गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ हजार ५ पुगेको छ । पोखरामा मणिपाल अस्पतालमा १ जना, चरक अस्पतालमा १ जना र गण्डकी मेडिकल कलेजमा ५ जना उपचारमा रहेका विरामीलाई देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिले सम्म ३ हजार ३ सय १९ जना निको भएर घर फर्किएका छन् भने ४० जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese