no comments

पोखरामा ३ जना सहित गण्डकीमा थप १० जनाामा कोरोना संक्रमण, गण्डकीमा १३६० पुग्यो

पोखरा, ९ साउन /पोखरामा ३ जना सहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमित भएका छन् । गण्डकीमा कोरोना संक्रमितको संख्या १३६० पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा नयाँ १० जना संक्रमित देखिएका हुन् ।

कास्की ५ जना, लमजुङमा ३ जनामा, तनहुँ र बागलुङमा एक एक जनामा कोरोना संक्रमण देखिएको हो । कास्कीको पोखरा महानगरपालिकाका २ जना पुरुष र एक जना महिला, कास्कीको अन्नपुर्ण गाउँपालिकामा एक जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

यो सगँ कास्कीमा कोरोना संक्रमितको संख्या १ सय ६ पुगेको छ । त्यसै गरी लमजुङको कोल्हसोथार, बेशीशहर, मध्यनेपाल, तनहुँको शुक्लागण्डकी, बागलुङको तमाङखोलामा एक/एक जनामा कोरोना देखिएको शर्माले बताए ।

उनीहरु सबैलाई जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको उनले बताए । गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर १ हजार ९१ घर फर्किसकेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese