no comments

पोखरामा एक चिकित्सक सहित गण्डकीमा २४ जनालाई कोरोना संक्रमण

पोखरा, १२ साउन / गण्डकीमा एकैदिन १८ प्रहरी र एक चिकित्सक सहित २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्याङ्जामा १८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । प्रहरीमा कोरोना संक्रमण देखिएसँगै प्रहरी कार्यालय नै शील गरिएको छ ।

यसअघि ६ दिनपहिले तीन प्रहरीमा संक्रमण पुष्टि भएको थियो । उनीहरुसङ्गै प्रत्यक्ष सम्पर्कमा रहेका अन्य १८ जना प्रहरीमा संक्रमण भेटिएको स्याङ्जा प्रहरी प्रमुख (एसपी) विमलराज कँडेलले जानकारी दिनुभयो ।

यस्तै, आजै पोखराको मनिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमा पनि कोरोना पुष्टी भएको छ । मेडिकल वार्डमा कार्यरत संक्रमित डाक्टर आइतरबासम्म विरामीको उपचारमा खटिएका थिए । डाक्टरमै संक्रमण पुष्टी भएपछि उनले जाँच गरेका विरामीको ट्रेसिङ थालिएको छ ।

सम्पर्कमा आएका सबैको खोजी गरी पिसिआर गर्ने तयारी भैरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । वहाँका अनुसार प्रदेशमा संक्रमितको दर उच्च हुन सक्ने सम्भावना पनि बढेको छ । सोमबार संक्रमण पुष्टी हुने कास्कीका २ र लमजुङका २ जनामा पनि संक्रमण देखिएको छ ।

हालसम्म गण्डकी प्रदेशमा २३ हजार २ सय १२ जनाको परीक्षण गरिएकोमा १ हजार ३सय ७७ लाई कोरोना देखिएको छ भने ४ जनाको मृत्यु भएको छ । प्रदेशबाट १ हजार २ सय १ जना निको भएर घर फर्किसकेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese