no comments

‘इण्डो–नेपाल टी–२० कन्चन क्यापिटल कप’ शुरु

पोखरा, २ चैत/ पोखरा क्रिकेट एकेडेमीको आयोजनामा आईतबारदेखि पोखरा रंगशालामा ‘इण्डो–नेपाल टी–२०’ क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

पोखरा रंगशालामा आयोजित प्रतियोगितामा एकलव्य क्रिकेट एकेडेमी(भारत)ले भारतकै चन्द्र क्रिकेट एकेडेमीलाई ७९ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको एकलव्य क्रिकेट एकेडेमीले १९६ रनको बनायो ।

जितेन्द्र चौधरीको ५५ रनको योगदानमा फराकिलो लक्ष्य दिने क्रममा विकास ले ३१ रन र पुकार ले १८ रनको मद्धत गरेका थिए । अमेन्त कल्का र शिव नन्दनले २/२ विकेट लिएका थिए ।

१९८ रनको लक्ष्य पछ्याएको चन्द्र क्रिकेट एकेडेमी भने ११७ रनमै समेटिन पुग्यो । अदित्य कुवासले २४ रन बनाई खेले । शिव नन्दनले ३३ रनको योगदान गरे । सौरभ पाचाडले २० रन बनाए । बलिङ तर्फ जितेन्द्र चौधरीले ३ विकेट लिदाँ शुभम सिंहले २ विकेट लिएका थिए ।

कन्चन आभुषणको मुख्य प्रायोजनमा आयोजित कन्चन क्यापिटल कपको आईतबार पहिलो खेलमा पोखरा क्रिकेट एकेडेमीले भारतको अम्बिका क्रिकेट एकेडेमीलाई ७७ रनले पराजित गरेको छ ।

टस जितेर व्याटिङ रोजेको पोखरा क्रिकेट एकेडेमीले विपिन खत्रीको शतकीय पारीमा २०० रनको विशाल योगफल तयार पार्यो । खत्रीले ४२ बल खेल्दै १०२ रनको पारी खेले ।

सोहेल कुँवरले२४ बलमा ३० रन र मुस्कान थापाले १२ बलमा २३ रनको योगदान दिएका थिए । विधायक सुनीले ३ विकेट लिएका थिए ।

२०१ रनको लक्ष्य पछ्याएको अम्बिका क्रिकेट एकेडेमी(भारत) १२३ रनमा समेटिएको थियो । विधायक सुनीले ४१ ब्लमा ४१ रनकै योगदान दिदाँ अश्विन कुुमारले २२ बलमा ३६ रन बनाए ।

पोखरा क्रिकेट एकेडेमीका सुवास भण्डारीले ४ विकेट लिदाँ विपिन खत्रीले ३ विकेट लिएका थिए । प्रतियोगिता तीनदिनसम्म चल्ने छ । विजेताले ट्रफी प्राप्त गर्ने छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese