no comments

पोखरामा ८१ जना सहित गण्डकी प्रदेशमा १११ जनामा कोरोना संक्रमण

पोखरा, १६ कात्तिक/ गण्डकी प्रदेशमा आइतबार विहान थप ४९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका ८१ जना, तनहुँका १३ जना, बागलुङका ३, गोरखाका ६ जना, स्याङजाका ३ जना, लमजुङका २, नवलपुरका २, म्याग्दी १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा यो सँगै ७ हजार ४ सय २७ पुगेको छ । गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । नवलपुरको कावासोती ६ का ६७ बर्षिय पुरुष र गैडाकोट २ का ७७ बर्षिय महिलाको होम आइसोलेशनमा निधन भएको शर्माले जानकारी दिए ।

सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मिको निगरानिमा घर परिवारले नै दाहसस्कार गरेको उनले जानकारी दिए । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ । गण्डकीमा ४ हजार २ सय २१ जना निको भएर घर फर्किएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese